काठमाडौं : भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो खोलेको छ । यो कुरालाई लिएर यतिबेला जताततै बिरोध भइरहेको छ । यसैबीच नेपाली कलाकारहरुले पनि आफ्नोतर्फबाट सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् ।
त्यस्तै अभिनेत्री रेखा थापाले देशको सिमा अतिक्रमण भएको बेला जनता एक जुट हुनुपर्ने बताएकी छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्–‘देशको सिमा अतिक्रमण भएको बेला जनता एक जुट हुनुपर्दछ । देशका राजनीतिक शक्ति एकजुट हुनुपर्दछ ।
जुनसुकै मुल्यमा आफ्नो सिमा रक्षा गर्नु हाम्रो पुस्ताको दायित्व हो । कुनै पनि प्रकारको आत्मसमर्पण अक्षम्य हुनेछ । हाम्रो देशको हरेक इन्च जमिन हामीलाई मुटुभन्दा प्यारो छ । राष्ट्रियता कसैलाई सरकारमा पुर्याउने भर्याङ् होइन्, कसैको राजनीतिको भजन होइन् । यस्तो बेला लिने अडानले देखाउछ क–कस्को दाबी खोक्रो छ ? कस्को अडान देसभक्तीले भरिएको छ ?‘