एजेन्सी : बलिउडमा पछिल्लो समय चर्चामा छिन् सेफ अली खान र अमृता अरोराकी छोरी सारा अली खान । उनका दुईवटा फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ पनि गर्न सफल भए ।

केदारनाथ र सिम्बा जस्ता फिल्ममा काम गरेकी साराले आफ्नो माता पिताको डिभोर्सबारे एक अन्तर्वार्तामा बोलेकी थिइन् ।

उनले भनेकी थिइन्,‘मेरो माता पिता बिन्दास व्यक्तिहरु हुन् । तर, व्यक्तिगत रुपमा उनीहरु खुसी रहन चाहने व्यक्तिहरु रहेका थिए । उनीहरुले यो कुरा बुझ्न १३ वर्ष लगाए । अन्ततः आफ्नो आफ्नो खुसीका लागि उनीहरुले डिभोर्स गरे । उनीहरु छुट्टिए पछि पनि खुसी छन् । म पनि खुसी छु ।’

आफ्नी आमा अमृता निकै सहयोगी रहेको समेत उनले बताइन् । सन् १९९१ को अक्टोबरमा अमृता र सेफले परिवारको मर्जी बेगर विवाह गरेका थिए ।

सन् २०१४ मा अमृताले बच्चाहरु आफुसँग राख्ने सर्तसहित सेफ अली खानसँग डिभोर्स गरेकी थिइन् । सन् २०१२ मा सेफअली खानले करिना कपुरसँग विवाह गरेका थिए । उनीहरुको एक सन्तान पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया