काठमाडौं – पछिल्लो समय टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित चर्चित कलाकारहरुले भोज गरेको बिषयको निकै चर्चा चलेको छ । प्रस्तोता रवि लामिछानेसहित दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा लगायतका चर्चित कलाकारहरुले भोज गरेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको आलोचना भएको थियो ।

मुलुक लकडाउनको अवस्थामा रहदा सरकारको आग्रह विपरीत भोज गरेको भन्दै यसको विरोध भएको थियो धेरैले लकडाउनको बेवास्ता गरी सामाजिक दुरि कायम नगरी भोज गरेको भन्दै आलोचना गरेका थिए । यसै बिषयलाई लिएर चर्चित अभिनेत्री पूजा शर्माले प्रस्टीकरण दिएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै भनेकी छिन् राहत बाड्ने क्रममा हामी खाना खाने क्रममा कलाकार अनुराग कुवँर ज्यु को घरमा म लगायत आदरणीय किरण के.सी दाइ, दिपक दाइ, दिपा दिज्जु गको थियौ. रेस्टुरेन्ट हरु सबै बन्द भको अस्वथामा घरभित्रै बसेर 6/7 जना खाना खानु भनेको सामन्य नै हो जस्तो लाग्छ मलाई किनभने प्राय सबैको घरमै 6/7 जना परिवारको सदस्य नै हुन्छन्.

हामी लकडाउनले पारेको क्षतिको बारेमा छलफल गर्दै थियौ. म एस्तो गीत गाउँछु, लक्का जवान, दिपक दाइ दिपा दिदिहरुको भावी सिनेमा को योजनाको छलफल गरिराको थियौ.. त्यो भन्दा एकदिन अगाडि सरकारले लकडाउन खुकुलो को घोषण गरिसकेको थियो. अब आगामी हाम्रो देशको स्थित र हाम्रो सिनेमा क्षेत्रको भबिस्यको बारेमा कुरा गर्दा सधै जनताको हकहित को लागि बोल्ने र गर्ने आदरणीय रबि दाइलाइ सम्झियौ अनि फोन लगायौ .. रबि दाइ नजिकै हुनुहुदो रहेछ.

हामीले मिल्छ भने एकछिन को लागि भेटौ न त.. वहाँले हाम्रो निमन्त्रणा लाई स्विकार्दै आउनु भयो. आगामी राहत बाड्ने र स्थिति को बारेमा छलफल गरेर खाना खान बसेका हौँ. सामान्री खाना खाको कुरालाइ अतिरन्जित नबानाएको हुन्थ्यो. तेस्तो गलत गरेको भय किन मैले फोटो पोस्ट गर्थे होला र.. त्यहा लुकाउनु पर्ने के थियो भन्ने लागेर नै पोस्ट गरेको हो मेरो स्टोरी मा.. भको कुरा यहि हो…. my immense luv & respect for rabi dai & my all respected seniors ????????????????

तपाईको प्रतिक्रिया