एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खानको छोरी सुहाना खान सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय छन् ।

सुहानाले आफ्नो साथीहरुसँग तस्वीर र भिडियोहरु सेयर गर्दै आएकी छन् । सुहानाको अधिकांश तस्वीर र भिडियोहरु सोसल मिडियामा भाइरल बन्दै आएको छ ।

यसैबीच सुहानाले तीन वटा नयाँ तस्वीर सेयर गरेकी छन्, उक्त तस्वीरलाई उनकी आमा गौरी खानले क्लिक गरेकी हुन् ।

सोसल मिडियामा सुहानाले सेयर गरेकी तस्वीरहरु भाइरल बनिरहेका छन् । तस्वीर सुहाना कुनै मोडल भन्दा कम देखिएकी छैनन् । सुहानाको उक्त तस्वीरहरुलाई २ लाख भन्दा बढीले लाइक गरिसकेका छन् ।

सुहानाले आफ्नो बुबा शाहरुख खानको नक्सेकदममा चल्दै २०१९ मा अभिनय डेव्यू गरेकी थिइन् । ‘द ग्रे पार्ट अफ ब्ल्यू’मा सुहानाले मुख्य भूमिका निभाएकी थिइन् ।

उक्त शर्ट फिल्मलाई लाखौंले हेरिसकेका छन्, भने कयौंले सुहानाको अभिनयको तारिफ पगि गरेका छन् ।

तपाईको प्रतिक्रिया