काठमाडौँ । नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को अन्तराष्ट्रिय  प्रिमियर जर्मनीमा हुने भएको छ । यो फिल्म हालै अमेरिकाको लस एन्जेल्स इन्टरनेसनल फिल्म फेस्टिभलको ‘इन्डी सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड जितेको थियो । उसै बुधबारदेखि जर्मनीमा सुरु भएको विश्वको प्रतिष्ठित र पुरानो अन्तर्रा्ष्ट्रिय चलचित्र यस महोत्सवको ६६ औं संस्करणमा ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिसन’ विधाअन्तर्गत आउँदो शनिबार मे १६ मा प्रिमियर हुन लागेको निर्देशक केदार श्रेष्ठले जानकारी दिए ।

‘जुनुको जुत्ता’ जुत्ता चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउादा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ ।  ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेको बताएका छन् । विभु पौडेल प्रोड्युसर रहेको फिल्ममा सरुन मानन्धरको सिनेमाटोग्राफी र विप्लपराज पोखरेल सम्पादन रहेको छ ।

फिल्ममा ५ वर्षीया हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ ।  सन् १९५४ देखि जर्मनीमा आयोजना हुादै आएको इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन यस पटक कोरोना प्रभावका कारण अनलाइन संस्करण आयोजना भएको हो ।

तपाईको प्रतिक्रिया