काठमाडौं : आज अभिनेत्री जसिता गुरुङकाको जन्मदिन परेको छ । सन् १९९६ मे १६ तारिखका दिन बेलायतमा जन्मिएकी जसिताले आज आफ्नो २६ औं जन्मदिन मनाउँदै छन् ।
जसितालाई विहानैदेखि सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिने चलचित्रकर्मी तथा शुभचिन्तकहरु घुइचो छ ।
लकडाउनका कारण उनी आज आफ्नो घरमै जन्मदिन मनाउदै छिन् । जसिता गुरुङले चलचित्र लिलिबिलीबाट नेपाली चलचित्रमा डेब्यु गरेकी हुन् । ‘लिली–बिली’ पछि उनको पछिल्लो चलचित्र ‘लभ स्टेसन’ आएको थियो ।