काठमाडौ । अभिनेत्री तथा पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यु भनिएको फिल्म रानीमहलको टिजर सार्वजनिक भएको छ । तर यसको फिल्म भने पुर्ण रुपमा छायाँङकन सकिएको छेन । फिल्म निर्माण टिमको आन्तरिक द्धन्दका कारण फिल्मको २० प्रतिशत सुटिङ नहुदै रोकिएको थियो । करिब ३ बर्ष अघि घोषणा लगतै छायाँकनमा गएको फिल्मको बजेट २ करोड अनुमान गरिएको थियो ।

अभिनेत्री निकिताले अभिनेता तथा निर्माता बिराज भट्टले निर्माण तथा निर्देशन गरेको फिल्म साङ्लोमा काम गरिन् । त्यस कारण उनले फिल्म ‘साङ्लो ’ लाई नै उनको रिलिजमा डेब्यु फिल्म भयो । यसै हप्ता युट्युबबाट फिल्म ‘रानी महल’ टिजरमा सार्वजनिक गरियो जसमा निकिता चाण्डक र प्रितमराज सेञ्चुरीलाई महत्व दिईएको छ । अभिनेत्रीलाई सार्वजनिक भएको टिजरका बारेमा निकिता चाण्डक अनबिज्ञ छिन । उनलाई टिजरको वारेमा केही जानकारी छैन । २० प्रतिशत छायाँकनमै फिल्मको बजेट सकिएपछि निर्माता बिमल भुषाल निर्माण नियन्त्रक गणेश सापकोटा र निर्देशक हिमाल न्यौपानेसँग मनमुटाव शुरु भयो ।

तपाईको प्रतिक्रिया