कलाकारको लोकप्रियताको मापन सामाजिक संजालमा उनीहरुलाई पछ्याउनेको संख्या र हलमा उनीहरुको चलचित्रलाई पछ्याउने दर्शकको भीडको आधारमा गर्न सकिन्छ ।

हुनत, सामाजिक संजालमा गज्जबको फलोअर्स कमाएका कलाकारका चलचित्रले पनि हलमा पानी माग्न पाएका छैनन् । तर, सामाजिक संजाल कलाकारको फ्यानसँग जोडिने दरिलो माध्यम भने बनेको छ ।

सामाजिक संजाल इन्स्टाग्राममा नेपाली कलाकारहरु निकै सक्रिय छन् । इन्स्टाग्राममा दैनिक अभ्यस्त रहने कलाकारहरु फ्यानसँग आफ्ना कुराहरु शेयर गरिरहेका हुन्छन् ।

नायिका नम्रता श्रेष्ठको इन्स्टाग्राममा फलोअर्स ६ लाख पुगेका छन् । नम्रताले सबैको मायाको लागि धन्यवाद दिएकी छिन् । सामाजिक संजालमा नम्रता आफ्नो दैनिक क्रियाकलाप, चलचित्रको प्रचार र आफूलाई मन परेका कुरा शेयर गर्छिन् ।

इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाएका थोरै नायिकाहरुको सूचीमा नम्रता अंग्रपंक्तीमा छिन् । नायिका प्रियंका कार्कीको इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स छन् ।

तपाईको प्रतिक्रिया