भारत लामो समयको लक डाउनका कारण समस्यामा पर्दै गएको छ । विशेषगरि, आर्थिक गतिविधी ठप्प जस्तै हुँदा अब अवस्था के हुने हो भन्ने अड्कल लगाउन कसैले सकेको छैन ।

कोरोना र यसपछि सुरु भएको लक डाउनको असर बलिउड चलचित्र नगरीमा पनि नराम्रोसँग परेको छ ।

बलिउड अब कसरी तङ्ग्रीन्छ भन्ने प्रश्नहरु उठ्न थालेका छन् । अब, कलाकारले आफ्नो पारिश्रमिकमा भारी कटौती गर्नुपर्ने तर्कहरु समेत हुन थालेको छ ।

यो बिषयमा भारतीय मिडियासँग कुरा गर्दै नायिका तापसी पन्नुले यदि यस्तो अवस्था आयो भने आफू तयार रहेको बताएकी छिन् ।

तापसी भन्छिन्–‘यदि परिस्थिती त्यस्तै आयो भने म पारिश्रमिक कटौती गर्न तयार छु ।’

उनले अगाडि भनिन्–‘अहिले कुनै पनि सुटिङ भैरहेको छैन । यस्तो अवस्थामा पारिश्रमिक कटौतीको कुरा त पक्कै आउँछ । यस्तो अवस्था आएमा म यसका लागि तयार छु ।’

तपाईको प्रतिक्रिया