दिवंगत अभिनेता ऋषि कपूरकी छोरी ऋद्धिमाले बुवालाई मन पर्ने गेमको फोटो सार्वजनिक गरेकी छन्। उनले ऋषिलाई स्क्राबल खेल अति नै मन पर्ने बताएकी छन्।

ऋषिले यो ‘गेम’ न्यूयोर्कमा ल्यूकेमियाको उपचार गरीरहेको समयमा किनेका थिए। उनलाई समय कटाउनको लागि त्यो बेलामा यो गेमले धेरै नै मद्दत गरेको ऋद्धिमा सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्।

ऋषि कपूरको स्मरणलाई ताजा बनाइरहेकी ऋद्धिमाले आफ्नो इन्स्टाग्राम स्टोरीमा तीन ओटा तस्बिर सार्वजनिक गरेकी थिइन्। दुई मा ऋषि कपूर, नितु कपूर, आलिया भट्ट, रणवीर कपूर थिए भने तेस्रोमा उनले स्क्राबल खेलको तस्बिर राखेकी थिइन् । यो तस्बिरमा ऋद्धिमाले भनेकी छन्, ‘मेरो बाबालाई उनको यो स्क्राबल धेरै नै मन पथ्यो, उहाँले यसलाई न्यूयोर्कमा किन्नुभएको थियो।

ऋषि कपूर खेलका सोखि थिए भन्ने बारेमा महानायक अमिताभ बच्चनले पनि बताइसकेका छन्। उनले आफ्नो ब्लगमा ऋषिलाई बोर्ड गेम धेरै नै मन पर्ने बताएका थिए। बच्चनका अनुसार चलचित्र छायंकनको समयमा पनि ऋषि थोरै खाली समय भयो की बोर्ड गेम लिएर खेल्न बसिहाल्थे।

डेढ वर्षसम्म ल्यूकेमियाबाट पीडित कपूरको अप्रिल ३० मा निधन भएको हो।

तपाईको प्रतिक्रिया