एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको ‘पाताल लोक’ धारावाहिकमा नेपाली महिलालाई जोडेर निकै तुच्छ गाली दिइएको छ ।

उक्त धारावाहिकमा नेपाली महिलालाई जोडेर गाली गर्नकै गाली जोडिएको उक्त तुच्छ शब्दको निकै आलोचना भइरहेको छ ।

अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको यो सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै भन्छिन्, ‘साथी हुन् कि ग्राहक हुन् ? धन्धा गर्छेस् ? नेपाली र…’

धारावाहिकको उक्त तुच्छ गालीपछि नेपाली सेलिब्रेटीदेखि धेरैले यसको निन्दा गरेका छन् । कुनै पनि सम्प्रदाय वा देशलाई जोडेर त्यसरी तुच्छ गाली गर्न नहुने भन्दै अनुष्कालाई माफी माग्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया