काठमाडौं– अभिनेत्री रेखा थापा सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।
हरेक कुरामा चाँडै अपडेट भइहाल्ने थापाले विश्वसनिय कुराहरु आफ्ना शुभचिन्तकहरुलाई समेत शेयर गदै आएकी छन् ।
त्यस्तै यतिबेला अभिनेत्री रेखा थापा भारतसँग आक्रोसमा आएकी छन् । उनले ‘पातल लोक’ नाम भारतिय सिरियलमा नेपाली महिलाको अस्मिता माथि प्रयोग भएको निच शब्दप्रति बिरोध जनाएकी छन् ।
छोरीको निम्ति स्वर्णिम नेपाल नामक अभियानकी अभियान्ता समेत रहेकी थापाले यस सिरियलको निर्माण युटिनलाई तत्काल माफी माग्दै रेकर्डबाट समेत उक्त दृश्य हटाउन माग गरेकी छिन् ।