काठमाडौं । कलाकार नवराज श्रेष्ठले चलचित्र कलाकार संघ नर्थ अमेरिकाको अध्यक्ष पदबाट राजिनामा दिएका छन् । चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्षले आफ्नो चरित्र हत्या गरेको, असहयोग गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत् प्रेस विज्ञप्ति जारी गरी खेद प्रकट गर्दै राजिनामा दिएका छन् । कोरोना भाइरसबाट पीडित रहेका श्रमजीवी कलाकारहरुलाई राहतको कार्यक्रम गरिरहँदा केन्द्रीय अध्यक्षबाट असहयोग भएको र चरित्र हत्या हुने क्रियाकलाप गरेको आरोप लगाउँदै उनले राजिनामा दिएका हुन् । उनको राजिनामापछि कार्यसमितिका अन्य पदाधिकारीहरुको पनि राजिनामा दिने तयारी रहेको कार्यसमितिका एक सदस्यले बताए ।

उनको प्रेस विज्ञप्ति यस्तो छ

प्रेश बिज्ञप्ति

बिषयस् राजिनामा तथा खेद प्रकट !

उपरोक्त सम्बन्धमा बिगत लामो समयदेखि म कलाकार नबराज श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहदै चलचित्र अभिनय, निर्माणको साथमा नेपाली चलचित्रको प्रबर्धनमा लागी परि नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन ग्लोबल नेपाली फिल्म अवार्ड युएसए समेत आयोजना गर्दै आएको सर्बबिधितै छ । विश्वभर फैलिएर बसेका नेपाली चलचित्र कलाकारहरुको हकहित तथा दुख पिडामा परेका चलचित्रकर्मीहरुको आवाज बनेर उनीहरुको दुखमा मलम पट्टि लगाउदै अहोरात्र कलाकारहरुको हितमा काम गर्दै आएको छु । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा चलचित्र तथा चलचित्रकर्मीहरुमा समेत प्रत्यक्ष असर परेको र दैनिक ज्याला मजदुरी गर्ने कलाकार, प्राबिधिकहरुलाई ठुलो क्षति पुग्नुको साथै उनीहरुको रोजीरोटी गुमेको अबस्थामा म नेपाल चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरको अध्यक्षको हैसियतले अमेरिकामा रहनुभएका कलाकर्मी सदस्य तथा चलचित्रकर्मीहरुको सल्लाहा सुझाबमा हामीले यस संकटको घडिमा चलचित्र प्राबिधिक र कलाकारहरुको सहयोगार्थ सहयोग संकलन गरि वितरण गरेको सम्पूर्ण सरोकार पक्ष संग अपिल गर्दछु । चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरले गरेको कार्य चलचित्र कलाकार संघको बिधान सम्मत रहेको र बिधानमा संघको शाखा मार्फत गरिने कार्यमा केन्द्रिय समिति समक्ष अनुमति लिनुपर्ने कुनै प्राबधान उल्लेख नभएको र उक्त हामीले गरेको कार्य विवरण बार्षिक प्रतिबेदनमा जानकारी गराउँने र छलफलको बिषयबस्तु भएको हुँदा सहयोग कार्यमा बारम्बार नियतबस केन्द्रिय समितिका अध्यक्षले फेसबुक बाट प्रेस बिज्ञप्ति समेत जारि गर्दै सहयोग कार्यमा बाधा अड्चन पुर्याएको प्रति ध्यानाकर्षण भएको अबगत गराउँछु र उहाको यस प्रकारको कार्य प्रति खेद प्रकट गर्दछु।

नेपाल चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरको सदस्यहरुको सक्रियतामा सहयोग रकम संकलन गरि चलचित्र प्राबिधिक संघ, कलाकार तथा राहतबिहिन अलपत्र परेका श्रमिक मजदुरहरुलाई खाद्यान्न वितरण गर्ने कार्य गरेको थियौं। तथापि यस सहयोग हस्तान्तरण कार्यमा नेपाल चलचित्र कलाकार संघ केन्द्रिय समितिका केहि सल्लाहाकारहरुको सल्लाह तथा उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेको व्यहोरा यहाँहरु समक्ष निबेदन गर्दछु । नेपाल चलचित्र कलाकार संघ केन्द्रिय समितिले आफ्ना सदस्य कलाकार, चलचित्रकर्मी, प्राबिधिकहरुलाई कहिँ कतै बाट सहयोग गरेको जानकारी समेत नरहेको अबस्थामा हामी नर्थ अमेरिका च्याप्टरले चलचित्रकर्मीहरुको उत्थान, हकहित तथा पिडित चलचित्रकर्मीलाई सहयोग गरेको सन्दर्भमा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष श्री रबिन्द्र खड्काले पटक पटक सामाजिक संजाल (फेसबुक) मार्फत मेरो व्यक्तिगत चरित्र हत्या गर्दै हामीले गरेको कार्यको बिरुद्दमा लेख्दै र स्पष्टिकरण समेत माग्छु भन्दै सार्बजनिक गरेको हुँदा यस भ्रामक तथ्यबिहिन आधारबिहिन कुप्रचारको पछि नलाग्न सम्पूर्ण चलचित्रकर्मीहरु संग अनुरोध गर्न चाहन्छु । यस संकटको घडिमा चलचित्रकर्मीहरुको सहयोगको लागि जुट्नु पर्ने समयमा नेतृत्वकर्ता मार्फतनै असहयोग गरिदैं सहयोगमा जुटेका चलचित्रकर्मीहरुको बिरुद्दमा अफबाह फैलाउदै सामाजिक संजाल मार्फत आफ्नै संघ र संघमा आबद्द कलाकारको चरित्रहत्या तथा मनोबल गिराउने कार्यमा केन्द्रिय समितिको अध्यक्ष संलग्न रहेको हुँदा, मलाई यस्तो नेतृत्व संग काम गर्न असहज महसुस भएको हुँदा आजको मिति बाट म कलाकार नबराज श्रेष्ठ नेपाल चलचित्र कलाकार संघ नर्थ अमेरिका च्याप्टरको अध्यक्ष पद बाट राजिनामाको घोषणा गर्दछु । यधपी म पदमा रहे पनि नरहे पनि सदैब नेपाली चलचित्र, चलचित्रकर्मी र कालाकारहरुको हकहितमा आवाज उठाउदैं आफुले सकेको सहयोग समेत गर्ने बचन बद्दता सम्पूर्ण चलचित्रकर्मी तथा शुभेच्छुक समक्ष जाहेर गर्दछु । तथा यस संकटको घडिमा सम्पूर्ण कलाकर्मी, प्राबिधिक तथा चलचित्रकर्मीहरुलाई फुटेर होइन जुटेर हातेमालो गर्न र एकअर्कामा सहयोगी भावना राख्न समेत अनुरोध गर्दछु । धन्यबाद ।

नबराज श्रेष्ठ
कलाकार
अमेरिका हालस् काठमाडौँ, नेपाल

तपाईको प्रतिक्रिया