काठमान्डौँ ।
मौलिक लोकदोहोरी गीत संगीतको जर्गेना गर्नमा सदैब लागी रहने गायक गायक प्रेम रावत क्षेत्री र कमला पोखरेलको आवाजमा ”रुहाएर जाने मान्छे” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको विछोडलाई गीतमा समेटिएको छ ।

विभिन्न बाध्यताको कारणले प्रेमीकाको साथ छुटन पुग्दाको पिडालाई गीतमा समेटिएकोक छ । प्रेम रावत क्षेत्री र गणेश अधिकारीको शब्द सिर्जना तथा गणेश अधिकारीको मनै छुने लय सिर्जना गीतमा भेटन सकिन्छ ।

नेपाली जनजिव्रोमा झुण्डिने गीत संगीतको लय सिर्जनामा तलिन रहेका सर्जक तथा सष्टा गणेश हुन । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सारिका केसी र आशिर प्रताप जंगको लोभलाग्दो प्रस्तुती रहेको छ ।

”रुहाएर जाने मान्छे” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया