काठमाडौं– चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत मंसिर २९ गते निधन भएपछि सो पद रिक्त रहँदै आएको छ । केही दिन अघि विकास बोर्डले अध्यक्ष पदका लागि आवेदन माग गरिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरिएको हो । रिक्त चलचित्र विकास वोर्डको अध्यक्ष पदका लागि जम्म दशजना चलचित्रकर्मीहरूको आवेदन परेको छ ।

त्यस मध्ये एक महिला अब्बल आवेदक हुन् ललितपुर जिल्ला खुमलटार– १५ बस्ने कलाकार भिमा मैनालीको नामले परिचित भगवती कुमारी मैनाली उप्रेती ।

उनी भन्छिन्– ‘म चलचित्रकर्मी, चलचित्रको विद्यार्थी र समाजिक अभियन्ता समेत हुँ । बिभिन्न जिल्लामा, बस्तीहरूमा सामाजिक सचेतनाका लागि कलाको माध्यमबाट सक्रिय रहँदै आएको छु । त्यसैले पनि चलचित्र विकास वोर्डको अध्यक्ष भई विषम् परिस्थितीमा आउँने आर्थिक मन्दीमा चलचित्र क्षेत्रलाई र यस क्षेत्रको विकासलाई दीगो योजनासहित नेतृत्व दिन सक्छु जस्तो लागेर नै यो आवेदन मैलै दिएको हो ।’

भिमा सानैदेखि विद्यार्थी राजनितीमा रही विभिन्न सांस्कृतिक तथा सचेतना मुलक कार्यक्रमहरुमा सक्रिय रहँदै तत्कालिन अनेरास्ववियुको विभिन्न कमिटीमा रहेर कार्य गर्दै आएकी थिइन् । पुर्खाको थलो काभ्रे, जन्म स्थान रौतहट हुँदै मकवानपुर अनि विवाह पश्चात् बारा र हाल ललितपुर महानगरपालिका वडा नं.१५ मा बसोबास गर्दै आएकी छन् । भिमाले २०५४ सालमा मकवानपुरबाट नेकपा एमालकोे संगठीत सदस्यता लिएकी थिइन् भने पार्टीको पक्षमा निरन्तर उभिदै आएको पनि देखिन्छ ।

उनी जनसांस्कृतिक महासंघ अन्तरर्गत रही पार्टी महाधिवेसन लगायत पार्टीका विभिन्न सांस्कृतिक कार्यक्रम र सचेतनामुलक कार्यक्रम गर्दै पार्टीको संठन विस्तारमा समेत लागि परेको व्यक्ति हुन् ।

साथै उनी दुई दशक भन्दा लामो समयदेखि विभिन्न सामाजिक सचेतना मुलक चलचित्र, टेलिभिजन कार्यक्रमहरूको प्रस्तोता लगायत विभिन्न स्वदेशी तथा विदेशी चलचित्रहरूमा कलाकार, लेखक, निर्देशक भई काम समेत गरी सकेकी छन् । उनले समाजशास्त्रमा पाटन सयुंक्त क्याम्पसबाट स्नाकोत्तर तथा ओस्कार ईन्टरनेशनल कलेजबाट चलचित्र लेखन तथा निर्देशनमा स्नातकसम्मको अध्ययन गरेकी छन् । वि.सं २०७२ मा चलचित्रको माध्यमबाट महिला सशक्तिकरण गर्न सफल महिला निर्देशकको रुपमा राष्ट्रिय प्रोत्साहन पुरस्कार समेत प्राप्त गरेकी छन् ।

हाल ललितपुर जिल्लामा जनसांस्कृतिक महासंघको संयोजक र जनपक्षीय चलचित्र कर्मी संघको केन्द्रिय सदस्य भई काम गर्दै आएकी छन् । चलचित्र क्षेत्रमा काम गरेको अनुभव तथा चलचित्र विकास वोर्डले गत वर्ष अध्यक्ष पदका लागि मागेको आवेदनमा समेत उत्कृष्ट कार्ययोजना प्रस्तुत गरेकी थिइन् । भिमा यस पटकको निकै अब्बल एक मात्र महिला आवेदक हुन् भन्दा फरक नपर्ला ।

चलचित्र विकास वोर्डकै सन्दर्भमा वरिष्ठ कलाकार निर शाह भन्छन्–‘सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले आवेदन खुल्ला गर्दा अध्यक्ष छनौटमा व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा गरिने भनिएको छ । चलचित्र विकास वोर्ड अध्यक्ष पदका लागी निश्चित मापदण्ड तोकेको छ । भिमा जी शिक्षित हुनुहुन्छ र सम्बन्धित विषमा अध्ययन समेत गर्नु भएको छ । त्यस कारण उहाँले अवसर पाउनुपर्छ जस्तो लाग्छ । ’

त्यस्तै कलाकार मिश्री थापा भन्छिन्– ‘भिमा एकदमै लगनशील र मेहनती महिला हुन् । जुन काम गर्छु भनेर लाग्छिन् उनले त्यो काम सकाएरै छाड्छिन् । उनमा चलचित्र क्षेत्र तथा कलाकारहरूको समस्यलाई राम्ररी पहिचान गरी समधान गर्न सक्ने खुवी छ । ’

चलचित्र विकास बोर्ड अध्यक्षका लागि नेपाल सरकारले आह्वान गरेसँगै चलचित्रकर्मीहरु आवेदन दिन अगाडी सरेका थिए । भिमा भन्छिन्– ‘मलाई महिला नेत्रीको आवश्याकता छ र हाम्रा भन्दा पनि राम्राले अवसर पाउँनु पर्छ भन्दै केही कलाकर्मीहरू कविता आले, मिथिला शर्मा, रमा थपलिया, शारदा गिरी, मेनुका प्रधान तथा यादव खरेल लगायतका अग्रजहरुले सहयोग र हौसला दिनु भएको छ । यो प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगबाट मलाई थप उर्जा मिलेको छ ।’

तपाईको प्रतिक्रिया