काठमाण्डाै – भिडियाे शेयरिङ एप टिकटकमा राखिएकाे एक भिडियाेमा महिलाविरुद्ध एसिड आक्रमणलाई बढावा दिएकाे आराेप लागेकाे छ । याे भिडियाे भारतका टिकटक प्रयाेगकर्ता फैसल सिद्दीकीले बनाएका हुन्, जसकाे सामाजिक सञ्जालमा निकै आलाेचना भइरहेकाे छ ।

मुम्बईमा बस्दै आउका फैसलकाे टिकटक एकाउन्टमा १ दशमलव ३४ कराेड फलाेअर्स छन् र उनी निकै लाेकप्रिय छन् । उनी टिम नबाबसँग पनि जाेडिएका छन्, जाे टिकटकमा भिडियाे राख्ने एक समूह हाे ।

फैसल नियमित रुपमा टिकटकमा भिडियाे राख्दै आइरहेका छन् । अहिले सामाजिक सञ्जालमा भाइरस र आलाेचित भइरहेकाे भिडियाेमा फैसल एक युवतीसँग भनिरहेका छन्, ‘उसले तिमीलाई छाेडिदियाे, जसकाे लागि तिमीले मलाई छाेडेकी थियाै । त्यसपछि उनी युवतीमाथि केही फ्याँक्छन् जसकाे कारण युवतीकाे अनुहारमा कालाे र राताे रङ्गकाे छाप बन्छ ।’

तपाईको प्रतिक्रिया