समाजसेबी दिलिप र लक्ष्मी योन्जन तामाङद्धारा थप १२ परिवारलाई राहत सहयोग

काठमाडौं सम्बादाता ।
विश्वभरी कोभिड– १९ को महामारीले विश्व आतंकित बनेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैन् । ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई यो लकडाउनले थप संकटको अवस्था सिर्जना गरेका ेछ । विसम परिस्थितिलाई मध्यनजर गरी अमेरिकामा बस्ने साहित्यकार तथा समाजसेबी दिलिप योन्जनले थप १२ परिवारलाई राहत प्रद्धान गरेका छन । उनले काठमान्डाँैको बुढानिलकण्ठ नगरपालिका वडा नं १ र २ का अति विपन्न तथा मजदुर ३० परिवारलाई र सोमबार १२ परिवार गरी जम्मा ४२ परिवारलाई राहत प्रद्धान गरेका हुन ।जसको समन्वय साहित्यकार बिना थिङ र डोल्मा तामाङले गरेकि थिईन ।

उनले पहिलो पटक रु ६६ हजार ३ र दोस्रो पटक रु २६७५७ गरी जम्मा रु ९२७६० बराबरको राहत स्वरुप चामल, तेल र दाल वितरण गरेकोे जानकारी दिएका छन । लकडाउनले हुने खानेलाई प्रभाव नपारे पनि हुँदा खाने वर्ग भने मारमा परेका बताउदैँ साहित्यकार योन्जनले भने, ‘सरकारले दिएको राहत थोपा जस्तो बिलाउँदै गएको छ । त्यसैले मैले खल्तीबाट उनीहरुलाई सहयोग गरेको छु ।’

अमेरिका जहाँ कोरोनाको आतंक विश्वभरमै सबैभन्दा बढी छ, त्यस्तो खतरापूर्ण स्थानमा बसेर पनि आफनो मातृभुमी प्रतिको अगाढ माया र स्नेहको कारण अरुको दु ः खमा मलम लगाउने कार्य गरेको उनले बताए । उनले यसअघि ०७२ को भुकम्पमा पनि राहत प्रदान गरेका थिए । भने, उनले असाय तथा अनाथ ६५ जना बालबालिकालाई शिक्षाको अभावमा कोही पनी बस्नु नपरोस भनेर विगत 5 वर्ष देखी पूर्ण छात्रबृर्ति दिदै आएका छन ।

तपाईको प्रतिक्रिया