काठमाडौं । चर्चित मोडल एवं युट्यबर सोनिका रोकाया वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन् । कोरोना महामारी (कोभिड–१९) का कारण जारी लकडाउनमा गाउँ (बझाङ) फर्केकी सोनिकाले पछिल्ला दिनहरुमा लगातार आफ्ना तस्वीरहरु सेयर गर्दै आएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्ना थुप्रै तस्वरिहरु साझा गर्दै आएकी छिन् ।

विहेका विषयमा हामीले उनै सोनिकालाई सोध्दा उनले विहेका लागि तयारी हुँदै गरेको तर कहिले हुने भन्ने कुरा पक्का नभएको रमाइलो जवाफ फर्काइन् । अहिले सामाजिक कार्यमा पनि संलग्न सोनिका पुजा रोकायका नामले पनि चर्चामा रहेकी छिन् ।

उनी समयसमयमा विभिन्न कारणले गर्दा विवादमा पनि पर्दै आएकी छिन् । उनले को सँग र कहिले विहे हुन्छ भन्ने विषयमा केही खुलाइनन् । तर उनका अनुसार उनले आफ्ना फ्यानहरुका लागि यस वर्ष नै शुभ समाचार दिने तयारी गर्दैछिन् ।

तपाईको प्रतिक्रिया