काठमाडौं – वेब सिरिज ‘पाताल लोक’ लाई लिएर पछिल्लो समय बलिउड अभिनेत्री अनुष्का शर्मा विवादमा तानिएकी छिन् । वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

उक्त वेब सिरिजमा नेपाली समुदायका महिलाहरूलाई अपमान गरिएपछि हालै उनलाई ‘लिगल नोटिस’ पठाइएको छ । उनलाई वकिल विरेन श्री गुरुङले लिगल नोटिस पठाएका हुन् । उनले उक्त भिडियोमा नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरि अपमान गरिएको बताउदै नोटिस पठाइएका हुन् । उनले लेखेका छन् एक भिडियो क्लिपमा महिला प्रहरी अफिसरले नेपाली पात्रलाई जातीय गाली दिएका छन् । यदि नेपाली शब्द मात्रै बोलिएको भए फरक पर्दैन थियो । तर त्यसपछि जस्तो शब्द प्रयोग गरिएको छ त्यो स्वीकार्य हुँदैन ।

यस्तै गोर्खा कम्युनिटीले उक्त भिडियोमा आपत्ति जनाउँदै संवाद हटाउन माग गरेका छन् । यसबारे भने अभिनेत्री अनुष्काले अहिलेसम्म केही बोलेकी छैनिन् । उक्त वेब सिरिजमा नेपाली भाषीहरुको अपमान भएको भन्दै उनीविरुद्ध नेपाली अभिनेत्रीहरु पनि खरो रुपमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया