Sunday, 31st May 2020
31 May 2020

इन्दिरा जोशी लेख्छिन्–‘मनिषा एक प्रतिभाशाली र शक्तिशाली महिला हुन्’

नायिका मनिषा कोइरालाको एक ट्विटलाई लिएर भारतीय मिडिया तल्लो स्तरको गाली गलौजमा उत्रिएपछि नेपाली कलाकर्मीले उनलाई साथ दिएका छन् ।

नेपाली चेली मनिषाले बलिउडमा ९० को दशकमा हंगामा मच्चाएकी थिइन् । उनै, मनिषाले बलिउडमा काम गरेर विश्वभर आफ्नो नाम चम्काइन् । अहिले, भारतीय मिडियाले उनलाई भारतको विरोधमा चीनको इशारामा बोलेको भन्दै तल्लो स्तरको गाली गरिरहेका छन् ।

मनिषाको समर्थन गर्दै गायिका इन्दिरा जोशी लेख्छिन्–‘आफ्नो अद्भुत अभियन क्षमताका कारण उनले बलिउडमा थुप्रै योगदान दिएकी छिन् । कैयौ हिट चलचित्र दिएकी छिन् । कर पनि तिरेकी छिन् । यो व्यक्तिगत कुरा होइन, सेवाको आदन–प्रदानको कुरा हो ।’

इन्दिराले मनिषालाई एक शक्तिशाली र प्रतिभाशाली महिलाको रुपमा चित्रित गरेकी छिन् । इन्दिरा अगाडि लेख्छिन्–‘क्यान्सरसँग लडेकी एक बहादुर महिला धेरैका लागि उदाहरण हुन् । सत्यको पक्षमा उनी उभिएकी छिन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *