काठमाडौँ– नेपालले सार्वजनिक गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतीय मिडियाबाट खनिएकी अभिनेत्री मनीषा कोइरालाको पक्षमा कलाकार दीपकराज गिरी बोलेका छन्। दीपकराज गिरीको सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरेका छन्।

१५ सेकेण्ड लामो उक्त भिडियोमा उनले भनेका छन्, ‘इन्डियन मिडियाले मनिषा कोइरालालाई नमक हराम भन्यो, देखो भाइलोग, मे जिस अफिसमे २० सालसे काम कर रहा हुँ, मे अपने मालिकको बोस केहेता हुँ, बाप नही।’

अभिनेता गिरी सिमा विवादको विषयमा सामाजिक सञ्जालको विभिन्न माध्यमबाट आफ्नो विचार प्रस्तुत गरिराखेका छन्। उनी सिमा विषयमा भएका छलफलसँग पनि अपडेट देखिन्छन्। ट्वीटरमा दिपक राज गिरीको पछिल्लो ट्वीट सीमा विवादको विषयमा पूर्व मन्त्री मिनेन्द्र रिजालले दिएको अभिव्यक्तिसँग सम्बन्धित छ।

उनले लेखेका छन्, ‘बिहाज उठ्ने बित्तिकै देशमा यति ठूलो परिवर्तन देखे गाँठे!’

बिहान उठने बित्तिकै
देशमा यति ठूलो परिवर्तन देखे गॉठे!!!!
मिनेन्द्र रिजाल भारतीय मिडिया संग ठाडो ठाडो स्वरमा कुरा गरिरहेको थिए…..जय नेपाल!!!

उनले जुन दिन नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको नक्सा सार्वजनिक गरेको दिन नयाँ नक्सा समर्थन गर्न आग्रह गरेका छन्।

लौ आयो नक्सा
अभूतपूर्व नक्सा
बिरोध गरौ हेर्दै आनन्द लाग्ने नक्सा
समर्थन गरौ कसरी गरौ पासा हिसाब ला गा ढेवा मगा नेवारी भाषा

यस्तै उनले सीमाको पक्षमा बोल्दा अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया खनिदाँ व्यंग्यात्मक जोक लेखेका छन्,

तपाईको प्रतिक्रिया