नायिका नीता ढुंगानाले अहिले देशमा विभिन्न खालको समस्या उत्पन्न भइरहेको बताएकी छिन् । फेसबुकमा करिब ४७ मिनेट आफ्नो भनाइ राख्ने क्रममा उनले सबैभन्दा पहिले मानिसले आफ्नो राष्ट्रियताको विषयमा सोच्नुपर्ने बताएकी छिन् ।

नीता भन्छिन्–‘सबैभन्दा पहिले मैले राष्ट्रियतालाई राख्नुपर्छ । अनि मात्र परिवार, साथीभाइ आउँछन् । तर, पहिलो प्राथमिकतामा राष्ट्रियतालाई राख्नुपर्छ । राष्ट्रलाई समस्या परेको बेलामा सो बारे हामीले अवलोकन गर्नु जरुरी छ ।’

उनले, प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको आत्मविश्वासलाई सलाम गर्न चाहेको पनि बताएकी छिन् । प्रधानमन्त्रीले बोलिसकेपछि आफूहरूले पनि बोल्न सजिलो भएको उनको तर्क छ ।

नीता भन्छिन्–‘आफ्नो भूमि भएकै कारणले नेपालले निडर भएर दाबी गर्न सकेको छ । आफ्ना भूमि फिर्ता ल्याउन हामी सबै लाग्नुपर्छ ।’

नीताले यो समयमा दल विभाजित भएर झगडा गर्नुभन्दा पनि एकजुट भएर देशको लागि लड्नुपर्ने बताएकी छिन् ।

हिन्दी भाषामा समेत आफ्नो भनाइ राख्ने क्रममा नीताले नेपालको भूमिको विषयमा बुझेर मात्र बोल्न भारतीय मिडियालाई चेतावनी दिएकी छिन् ।

मनिषा कोइरालाको एउटा ट्विटले नै भारत हल्लिएको भन्दै नीताले नेपालको विषयमा भारतीय मिडियाले बोलेको कुरा आफूहरूले सहन नसक्ने पनि बताएकी छिन् ।

तपाईको प्रतिक्रिया