काठमाडौं – नेपालले लिम्पुयाधिरासहितको भूभाग आफ्नो रहेको बताउदै नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले भारतमा हलचल मच्चिएको छ । नेपालको नयाँ नक्सा जारी भएपछि अभिनेत्री मनिषा कोईरालाले मातृभूमिको समर्थनमा एक ट्वीट गर्दा भारतिय मिडियाहरु उनीमाथि नै खनिएका छन् ।

उनले ट्विटमा सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतीय मिडिया उनीविरुद्ध जाइलागेका छन् । भारतीय मिडियाहरु उनीलाई तुच्छ गाली गरेपछि अहिले नेपाली कलाकारहरुले उनको समर्थनमा अभिब्यक्ति दिएका छन् ।

यसैक्रममा उनको समर्थनमा अभिनेत्री शिल्पा पोखरेल पनि बोलेकी छिन् । उनले सामाजिक संजालमार्फत आफ्नो प्रतिक्रिया दिँदै भनेकी छिन् ‘सबैको प्रेरणाको श्रोत, राष्ट्रको लागि तपाईंको अडान प्रशंसनीय छ । धेरै मानहानि र घृणाको सामना गर्नुपरे पनि, आशा छ कि तपाईं अझै बलियो हुनुहुन्छ ।’

त्यस्तै अर्की अभिनेत्री गरिमा पन्तले पनि स्टाटस लेख्दै भनेकी छिन् ‘भारतिय मिडियाले मनिषा कोइरालाप्रति गरिरहेका टिप्पणी भत्र्सना लायक रहेको छ । सामाजिक संजालमा गरिमा अघि लेख्छिन् ‘मनिषाले भारतको केही खाएकी छैनन् । आफ्नो परिश्रमको ज्याला लिएर हजार गुणा बढी प्रतिफल भारतलाई दिएकी छिन् । आफ्नो मातृ भूमीलाई माया गर्दा भारतीय मिडिया बौलाएको छ । मनिषाप्रतिको टिप्पणी भत्सर्नालायक छ ।’

तपाईको प्रतिक्रिया