अमेरिकामा रहेकी नायिका जल शाहले आफ्नो नेपाल आमालाई माया गर्न नेपाल नै बस्नुपर्छ र भन्दै प्रश्न गरेकी छिन् । उनले, सामाजिक संजालमा स्टाटस कोर्दै केही मानिसले विदेशमा नबसेकाले देशलाई माया गर्छु भन्न खोजेको भन्दै यो कस्तो मानिसकता हो भनेर प्रश्न सोधेकी छिन् ।

जल शाह लेख्छिन्–‘नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली, छिन् छिन्मा बदलिदै जाने ? नेपाली दाजुभाई दिदीबहिनी कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन् ? संसारभर छरिएर उनीहरु आफ्नो सिप अनुसारको काम गरिरहेका छन्, आफ्नो परिवारको पेट पालिरहेका छन् । उनीहरुलाई मलाई जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमती चाहिन्छ र ?’

नायिका शाहले देशमा कुनै पनि विपत्ती आइपर्दा विदेशमा बस्ने नेपालीहरु एक भएर अगाडि बढेको बताउँदै नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का हुन्छ भन्दै प्रश्न गरेकी छिन् ।

जल अगाडि लेख्छिन्–‘नेपालीको पनि दुइवटा जात हुन्छ र ? के देश बाहिर बस्ने नेपाली, नेपाली नै होइनन् ? देशमा बसेर ठूलो गफ हाकेर आफ्नो देशलाई ठग्न र नङ्ग्याउन त हामीलाई आउँदैन । हामीलाई आफ्नो देश रक्षाको लागि मर्न आउँछ । खोक्रो राष्ट्रबाट मुर्दावाद । जय देश ।’

तपाईको प्रतिक्रिया