काठमान्डौ जेष्ठ १३ – साथीभाई डिजिटल म्यूजिक प्रा.लि मार्फत भर्खरै मात्र रामु बिरहिको कोरोना सम्बन्धि ठट्यौली तथा सन्देशमुलक गीत “भाइरस बनाउ चाईना” सार्बजनिक भएको छ । गायक रामु बिरहिले यस भन्दा पहिले थुप्रै गीत बजारमा ल्याइसकेका छन् । ती मध्ये केहि गीतले निकै चर्च कमाएका छन् । गायक बिरहि हाँस्य टेलि शृङ्खलाका मङ्गले भनेर चिनिन्छन् । कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै आतंकित परिरहेको अहिलेको अवस्थामा कलाकाकेहि समय पहिले “सोझा साझा जनता देखि भगोस कोरोना, भ्रष्टाचारि नेता सबैलाई लागोस कोरोना बोलको गित बजारमा ल्याएका थिए ।

उक्त गीतले निकै चर्चा कमाउन सफल भएको थियो । देशको नेतृत्व तहलाइ व्यंग्यात्मक प्रहार गरिकोले पनि “भगोस कोरोना” बोलको गीतले गायक बिरहिलाई विवादमा तानेको थियो । प्रस्तुत यस भन्दा पहिले नै सार्बजनिक भैसकेको गीत  टिकटकमा पनि अहिले निकै भाईरल बनिरहेको  छ। यसै “भागोस कोरोना” बोलको गीतको अपार सफलता पछि गायक बिरहिले भागोस कोरोना २ बजारमा ल्याएका हुन् । उक्त गीतले अन्याय, अत्याचार र भ्रष्टाचारिलाई नेपाली जनता एकजुट भए जे पनि गर्न सकिन्छ भन्ने किसिमको संदेश बोकेको छ । प्रस्तुत गीतलाई  लय ,शब्द, स्वर र निर्देशन रामु बिरहिको नै रहेको छ भने अभिनय स्वयम बिरही, मुस्कान क्षेत्री, रोशन बिस्वकर्मा, सन्जय सुनार, अशिम बिस्वकर्मा, भुलमाया मगर देखि अन्य थुप्रै स्थानीय स्थानीय कलाकारहरुको देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया