नायिका पूजा शर्मा र अर्की नायिका आँचल शर्माविचको सम्बन्ध सुमधुर छैन । सामाजिक संजालमा यी दुइले एक अर्कालाई गर्ने कटाक्ष पनि यसको उदाहरण हो ।

पूजा र आँचलको सम्बन्धको बिषयमा चलचित्र क्षेत्र नै जानकार छ । नायिका आँचल शर्माको बिहे पार्टी छल्नका लागि पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिमसहित मुक्तिनाथ पुगेको खबर पनि गसिप बजारमा चर्चामा रह्यो । तर, पूजाले भने यो कुरालाई अस्विकार गर्दै आएकी छिन् । उनले, आफूले पहिले नै योजना बनाएकाले मुक्तिनाथ पुगेको बताएकी छिन् ।

तर, अब यी दुइले एक अर्कासँगको शितयुद्धलाई विर्सने सोच बनाएको वुझ्न सकिन्छ । सामाजिक संजाल इन्स्टाग्राममा केही हप्ता अगाडि नायक पल शाहले नायिका आँचल शर्मालाई अनफलो गरेका थिए । आँचलले पनि पललाई अनफलो गरिन् ।

अब, भने पूजा र आँचल इन्स्टाग्राममा साथी बनेका छन् । आँचल र पूजाले इन्स्टाग्राममा एक अर्कालाई फलो गरेसँगै उनीहरुविचको दुश्मनी सकिएको हो कि भन्ने चर्चा सुरु भएको छ ।

नायिकाहरुको फेक अश्लिल भिडियोको बिषयमा पूजा र आँचलले पनि आवाज उठाएका थिए । यो बिषयमा यी दुइविच फोनमा कुराकानी पनि भएको वुझिएको छ ।

पूजा र आँचलले एक अर्कासँगको सबै मनमुटावलाई विर्सिएर साथी बन्ने निर्णय गरेका हुन् भने यो सुखद कुरा हो ।

तपाईको प्रतिक्रिया