क्राइम पेट्रोल, लाक इश्क,मेरी दुर्गा लगायत शो की नायिका प्रेक्षा मेहेताले सोमबार राती आत्महत्या गरेकी छन् । उनले इन्दौरमा आफ्नै घरमा आत्महत्या गरेकी हुन् । पछिल्लो समय उनको सुसाइड नोटको एक भाग सामाजिक संजालमा भाइराल भएको छ । उक्त भागमा उनको टुटेको सपनाले उनको हिम्मत तोडेको बताईएको छ । उक्त नोट प्रहरी इन्स्पेक्टरले नै सार्वजनिक गरेका छन् ।

२५ बर्षीय प्रेक्षाले नोटमा लेखेकी छन्,’मेरो टुटेको सपनाले मेरो हिम्मत तोडेको छ । म पुरा नभएको सपनाको साथ म बाच्न सक्दिन । यो सब नकारात्मकताको साथ बस्न धेरै गारो छ । पछिल्लो एक वर्ष मैले धेरै कोसिस गरें । अब म थाकीसके।’ उनले आफ्नो मृत्युको लागि अरु कोही जिम्मेवार नरहेको बताएकी छन् ।

तपाईको प्रतिक्रिया