काठमाडौँ – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ ले गर्दा अहिले सम्पूर्ण मानबजातीनै संकटमा परेको छ । चीनको वुहान शहर बाट सुरु भएर संसारभर फैलिएको कोरोना भाइरसले गर्दा मानिसहरु भयभित भएका छन् । विश्वभर आर्थिकमन्दी छाएको छ, करडौं मानिसहरु सामान्य जीबनयापन गर्न दुइ छाक खाना बाट बन्चित भएका छन् । नेपालको सन्दर्भमा अहिले दिन दिनै कोरोना संक्रमितहरुको संख्या बढ्दो छ, लामो समयको लकडाउनले गर्दा लाखौं नेपालीहरु भोक भोकै बस्नु परेको अबस्था छ । हजारौं नेपालीहरु भोकले छटपटिएर सडकमा बस्न बाध्य भएका छन् ।

कोरोना भाइरस कोभिड-१९ ले गर्दै दैनिक मजदुरी गर्ने, श्रमिक तथा निम्नबर्गलाइ ठुलो असर परेका छ । सडकमा अलपत्र पर्ने देखि अनाथ असाहय बृद वृदाको अबस्था झन् दयनिय भएको छ । यो संकटको समयमा काठमाडौँको गुहेश्वरी निवासी बरिष्ट समाजसेवी रन्जना दाहाल भने आफ्नो जिबनलाई समेत जोखिम मोल्दै अहोरात्र राहत वितरण कार्यमा सक्रिय छिन । लामो समय देखि समाजसेवामा आफ्नो जिबन समर्पण गर्दै आएकी बरिष्ट सामाजसेवी दाहाल यस महामारीको समयमा दैनिक राहत बिहिन पिडितहरुको दुखमा मलम लगाउन ब्यस्त छिन । नेपालमा लकडाउन सुरु भए संगै राहत वितरण कार्यमा जुटेकी उनले सडकमा अलपत्र परेका भोका जनता देखि दयनिय अबस्था बाट गुज्रिरहेका निम्नबर्गहरुलाई राहत दिदैं आएकी छिन । त्यसको अलावा उनि अनाथ आश्रममा समेत पुगेर आश्रममा आश्रित अनाथहरुलाइ समेत सक्दो सहयोग गर्दै आएकी छिन । आफै खाद्यान्न लगायत अन्य सामग्रीहरु लिएर पुग्ने गरेकी समाजसेवी रन्जना दाहाल सामाजिक कार्य गर्दा आत्मासन्तुष्टि मिल्ने बताउछिन । आफुले गरेको सामाजिक कार्यमा देश विदेशमा बस्ने साथीभाईहरुले पनि सहकार्य गरेर हातेमालो गरेकोमा सम्पूर्ण सहयोगी, समाजसेवी मनहरुलाई उनि धन्यबाद समेत दिन चाहन्छिन ।

नवरस फिल्मस् प्रा.लि. चाबहिलको संचालिका समेत रहेकी निर्माता तथा समाजसेवी रन्जना दाहाललाइ उनले कोभिड-१९ को बेला अहोरात्र पिडित नेपालीहरुको लागि सहयोगमा जुटेको कार्यलाइ उच्च मुल्यांकन गर्दै ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाले सम्मानित गरेको छ । उनि भन्छिन मानब सेवा भन्दा ठुलो धर्म अन्य कुनै नभएकोले गर्दा दुखमा परेको नेपालीहरुको सेवामा जुट्नुनै हामि जस्ता चेतनसिल नागरिकको कर्तब्य हो । जन प्रतिनिधि, स्थानिय सरकार तथा नेपाल सरकारले जनताको बारेमा सोच्नु पर्ने बेलामा, उनीहरुलाई उचित ब्यबस्थापन गरि कम्तिमा नेपाली जनतालाई भोको पेट राख्नु नहुने अबस्थामा सरकारको ध्यान नपुगेकोमा भने दाहालले दुख ब्यक्त गरिन । यस कोरोना भाइरस महामारी बाट बच्न सामाजिक दुरी कायम गर्दै सुरक्षा र स्वास्थ्यनीतिलाइ अबलम्बन गर्दै संक्रमण बाट जोगिन तथा अरुलाई समेत जोगाउन उनले सम्पूर्ण नेपाली नागरिकलाइ आव्हान गरेकी छिन ।

तपाईको प्रतिक्रिया