काठमाडौँ – नेपाल चलचित्र कलाकार संघले एक प्रेस बिज्ञप्ती जारि गर्दै भर्खरै मात्र भएको बजेट भाषणमा नेपाल सरकारले कलाकार संघको भवन निर्माण गर्न बजेट बिनियोजन गरेकोमा नेपाल सरकार तथा अन्य व्यक्तित्वहरुलाइ धन्यबाद ज्ञापन जारि गरेको छ । हेर्नुहोस:
” प्रेस बिज्ञप्ती”
—————-
२०७७ जेष्ठ १७ गते नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रबिन्द्र खड्काज्यूको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कलाकार संघ को भवन निर्माण का लागि नेपाल सरकारले आ ब २०७७/७८ को बजेटमा रक़म विनियोजन गर्नुका साथै नेपाली चलचित्र क्षेत्रको सम्बृद्धिका लागि बिभिन्न शीर्षकमा आबश्यक बजेट व्यवस्था भएकोमा सम्माननिय प्रधानमन्त्री श्री केपि शर्मा ओलीज्यू,माननीय अर्थ , सन्चार तथा सूचना प्रविधि मन्त्री डा श्री युवराज खतिवडाज्यूँ तथा मन्त्री परिषद र नेपाल सरकार प्रती हार्दिक आभार प्रकट गर्ने निर्णय गरेको छ ।

३२ बर्ष अगाडि देखि नेपाली चलचित्र क्षेत्रको बिकाश बिस्तारमा अभिभावकको रूपमा नेपाल चलचित्र कलाकार संघ ले पुर्याउदै आएको योगदानका उल्लेखनीय कुराहरू समेटेर तयार पारिएका हाम्रा महत्त्वपूर्ण आवश्यकता र अनुरोधपत्र लाई संम्बन्धित माननीय मन्त्रीज्यू तथा संम्बन्धित निकायमा गम्भीरता पुर्वक पेश गरिदिनु हुने माननीय मन्त्रीज्यू का स्वकीय सचीव श्री तुलसी मैनाली ज्यूलाई विशेष धन्यवाद दिने पनि बैठकले निर्णय गरेकोछ। त्यसैगरी चलचित्र बिकाश बोर्डका सदस्य सचीव श्री महेन्द्र शाखीज्यू, चलचित्र बिकाशबोर्डका सदस्य श्री दयाराम दाहालज्यूलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेकोछ ।

सम्पूर्ण चलचित्रकर्मीको हक हित र चलचित्र कलाकार संघको ज़मीन तथा भवन निर्माणकालागि सकारात्मक सोचका साथ सहयोग पुर्याउनु हुने पुर्व सूचना तथा संचार प्रविधि मन्त्री माननीय श्री गोकुल बास्कोटाज्यू,माननीय भूमिसुधार मन्त्री श्री पद्मा अर्यालज्यू,माननीय शहरी बिकाश राज्यमन्त्री श्री रामवीर मानन्धरज्यू,माननीय श्री पम्फा भुसालज्यू,माननीय श्री कोमल वलीज्यूमा हार्दिक आभार प्रकट गर्दै यो लकडाउन पश्चात आउन सक्ने चर्को बिषम परिस्थितिले चलचित्र उद्योगका सबै बिधाका पेशाकर्मी , ब्यबशायी , श्रमजीविहरूलाई गम्भीर असरगर्ने हुदा त्यसको समाधानका लागि नेपाल सरकार तथा चलचित्र बिकाश बोर्डलाई सम्बोधन गर्न तथा सहयोगका लागि संस्थागत रूपमै बिशेष अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकमा लकडाउन सकिएको केहिदिन पछि नै जमिन तथा भवन निर्माणको प्रकृया अगाडि बढाई २/३ महिना भित्रै FAAN USA , FAAN UK लगायत देश/ बिदेशमा रहनुहुने सम्पूर्ण चलचित्रकर्मीहरुको समेत साथ सहयोग बाट १ बर्ष भित्रनै भवन निर्माण सुसम्पन्न गर्ने अठोट अध्यक्ष श्री रविन्द्र खड्का ज्यूले ब्यक्त गर्नु भएकोछ ।

साथै नेपाल चलचित्र कलाकार संघको जानकारीमा आएका संकटग्रस्त कलाकारहरूलाई विभिन्न माध्यमबाट राहत पुर्याएको र पुर्याउने कोशिश गरिरहेकोछ । सामाजिक संजाल मार्फत संकटको ,अप्ठारोको खबर हामीलाई गर्नोस हामी तपाईहरूको साथमाछौ भनेर अपील पनि गरेका थियौ । अझै पनि संकटग्रस्त कोही हुनुहुन्छ भने हामीलाई जानकारी गराउनोस संघ तपाईसंग हुनेछ भनी अपील गर्ने पनि निर्णय गरेकोछ ।

-मोहन निरौला
उपाध्यक्ष तथा प्रवक्ता
नेपाल चलचित्र कलाकार संघ FAAN केन्द्रिय कार्यलय ।
मिति-२०७७।२।१८

तपाईको प्रतिक्रिया