मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसंग सामान्य वादविवाद पनि होला । झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ । सामान्यतया दिन राम्रो छ, केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने समय छ । साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अन्न तथा धनको पनि लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समस्याहरु आफै किनारा लाग्ने छन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ । यात्रा पनि होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला । परिवारमा हल्का विवाद हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । सामान्य रोगले पनि सताउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाब होला । सोचेको काम पुरा नहुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैया पैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला ।

तपाईको प्रतिक्रिया