हिजो एउटा तस्विर देखियो
कयैन मान्छे हाँसेको सहरमा
उनले जीवनको माया मारिरहेको
एउटा तस्विर
भोक ,तिर्खा , समस्यालाई भुलेर
शान्त स्वभावमा झुन्डिएको थियो ।

दुधे शिशु र आमाको घाँटीमा
एउटै डोरीले जोड-जोड्ले बाधिरहेथ्यो
आफ्नै बच्चाको माया थिएन
जीन्दगीको आश पनि थिएन
यस्तै -यस्तै नियतिमा

हिजो एउटा तस्विर देखियो ।

कोही थिएन कि भन्दियोस
तिमी चिन्ता न लिएर बस
भोकले मर्नु पर्दैन
म राहत लिएर आउँदै छु
दुख ,सुख हातेमालो गर्दै जाउला
अतित,वर्तमान र भविष्य अङ्गाल्न सिकौं

आँसुको भाषा बुझ्दैन
डोरीले समाधानसित धैर्यता राख्तिन
अन्तत मान्छे मृत्यु रोज्छ
तैपनी मृत स्थानमा
बत्ती चम्किरहेको हुन्छ
बच्चाकोआँखामा आमाले हेरिरहेकी हुन्छे
उसको स्वर कानमा गुन्जिरहेको

हिजो एउटा तस्विर देखियो ।

मनमा व्यवहार केलाउदै
आँखा चिम्ली रहेकी
निदाएको अभिनय
उहीँ समयशीत उभिएको
हावा चलिरहेको
बाचेर पनि मरिरहेको

हिजो एउटा तस्विर देखियो ।

दुब्लो जीउमा घाँटीको हड्डीमाथी
सुर्किएको मसिनु दोरा
काखीमा दुधे बालक
भोकको सिकारमा
डोरी सँग बाधिएको थियो

मृत्यु रोज्न नि
समयले एउटा मौका दियो
र त उनी कहिल्यै नफर्किने गरी
यात्रा तय गरेर
कसैले नभेट्ने ठाउँमा आमा छोरा
हिडिरहेका छन्
अब भोक लाग्ने छैन
प्यासले दुख दिने छैन
शान्त चुपचाप मनको

हिजो एउटा तस्विर देखियो ।।

तपाईको प्रतिक्रिया