काठमाडौँ : मोडल तथा नायिका प्रतिक्षा खड्का द्वारा लकडाउनमा परेर बिजोक भई दुइ छाक खाना बाट बन्चित निम्न वर्गका राहत बिहिनहरुको लागि खाद्यान्न सहयोग गरेकी छिन । संसारभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसले गर्दा मानब जिबननै अस्त व्यस्त बनाएको र हाम्रो जस्तो गरिब देश नेपालका दैनिक श्रम मजदुरी गरेर जिबन गुजारा गर्ने निम्नबर्गका गरिबहरु भोको पेटले मर्नु नपरोस भनि उनले आफुले सक्ने खाद्यान्न सहयोग गरेको बताउछिन ।
मुलुक संकटको घडिमा परेको बेला एक नेपालीले अर्को नेपालीलाइ सहयोग गर्नु पर्छ भन्ने अभिप्रायले मोडल प्रतिक्षा खड्काले यस दुखको घडिमा मलम लगाउने काम गरेकी छिन । सानो उमेर देखिनै समाजसेवामा झुकाब राख्ने खड्काले सदैब दिन दुखि अनाथ तथा असाहयहरुको समेत सेवा गर्दै आएकी छिन ।
दर्जनौं म्युजिक भिडियो तथा केहि चलचित्रहरुमा सफल अभिनय गरेर लाखौं दर्शक तथा शुभचिन्तकहरुको मन मुटुमा बस्न सफल उनि अभिनय तथा नृत्यमा समेत पोख्त छिन ।