नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुणको १६ गते बिहे गरे । बिहे भएको करिब २० दिनपछि देशमा लक डाउन भयो । यहीकारणले पनि आयुष्मान र प्रियंकाले हनिमुनको कुनै योजना बनाउन पाएनन् ।

उनीहरु, अहिले भैसेपाटीमा छन् । विशेषगरि, बिहे लगतै घर सजाउन व्यस्त देखिएकाले पनि आयुष्मान र प्रियंका हनिमुनका लागि बाहिर जान नपाएका हुन् ।लक डाउनका कारण घरमै रहेका यी दुई कहिले खाना बनाउँदै गरेको तस्वीर पोष्ट गर्छन् त कहिले चेतनामुलक भिडियो सार्वजनिक गर्छन् ।

यसैविच, यी दुइलाई बिहे अगाडि स्विजरल्याण्ड पुगेको पल याद आएको छ । हुनत, प्रियंका र आयुष्मानलाई मात्र होइन धेरै कलाकार आफ्ना विगतका तस्वीर शेयर गर्दै सामाजिक संजालमा यी दिनहरु फर्किने आशामा छन् ।

आयुष्मान र प्रियंकाले पनि ‘माया’ लेख्दै एक अर्कासँगै प्रेम साटासाट गरेको तस्वीर शेयर गरेका हुन् । यी दुइलाई पनि फेरि यस्तै पल बिताउने मन लागेको हुनुपर्दछ । तर, लक डाउन र यसपछि उत्पन्न हुने परिस्थितीले पनि तत्काल देश बाहिरको घुमफिर संभव होला त ?

तपाईको प्रतिक्रिया