काठमाडौं। सरकारले कोभिड १९ को संक्रमण फैलन नदिन लकडाउनको घोषणा गरेसंगै धेरैको जनजीवन कैद झै बन्न पुगेको छ ।विशेषगरी कला क्षेत्रमा लाग्दै आएका मानिसहरुलाई यसको प्रत्यक्ष असर परेको छ ।
त्यसो त कला कर्ममा संलग्न व्यक्तिहरु अन्य समयमा घरमा बस्न नपाउनेहरुको लागि भने यो समय परिवारसंग समय बिताउने उपयुक्त समय भने बनेको छ ।
यही मेसोमा चर्चित गायिका मेलिना राई घरमा लुडो खेलेर समय बिताइरहेकी छ्न । केही समयदेखि भोकल ट्र्स भएकोले उनी क्वारेन्टाइनको अधिकांश समय रियाजमा बिताइरहेकी छ्न ।
अन्य समयमा पारिवारिक सदस्यलाई समय दिन नभ्याउने मेलिना यो समयमा सपरिवारसंगै बसेर चलचित्र हेरिरहेकी छ्न भने त्यसबाट बचेको समयमा बहिनीहरुसंग लुडो खेलिरहेको बताउछिन ।
न्यूज २४ संग कुरा गर्दै उनले भनिन् ‘ठूलो परिवार भएकोले पनि यो समय मेरो लागि रमाइलो समय बनेको छ ।’धेरैले बाहिर निस्कन नपाउदा कठिन भएको भने पनि उनले भने आफन्तसंग बस्दा समय सजिलै बित्नुका साथै आफुलाई रिफ्रेस गर्ने समय पाएको बताएकी छन ।
आफू पनि घरमा रियाज, फिल्म र लुडो खेलमा समय बिताउने गरेको बताउदै उनले सबैलाई आफुलाई जेमा खुशी लाग्छ घरमा बसेर सोही काम गर्न अनुरोध गरेकी छन ।
विश्व नै यो संकट्मा जुधिरहेको अवस्थामा घर भित्र बस्नुको विकल्प नहरेको भन्दै उनले सम्पूर्णलाई घर भित्र सुरक्षित भएर बस्नु नै यो भाइरसको दबाई भएको बताएकी छिन् ।
एक जिम्मेवार नागरिकको हैसियतले घरभित्रनै बसेर सरकारलाई सघाउन अनुरोध समेत उनको छ ।