नझुकिनु होला । उनी मोडल होइनन्, रेस्लर हुन् । उनै रेस्लर तथा समाजसेवी आकृति पुन सोमबार बिहान सबेरै गोँगबूस्थित हिमालय बृद्धश्रम केन्द्र पुगिन् । आकृति त्यहाँ पुग्दा आश्रममा आश्रित बृद्ध-बृद्धा आमाबुबाको अनुहारमा बेग्लै चहक झल्कियो । आकृतिलाई भेटेपछि एक बृद्धाले भनिन्, ‘तिमी त मेरै छोरी जस्तो लाग्यो ।’
रुचिले रेस्लर बनेकी आकृति त्यहाँ एक छाक भएपनि बृद्धबृद्धालाई खाना खुवाउने मन लिएर पुगेकी थिइन् । त्यसरी आश्रममा आमाबुबाहरुलाई खाना खुवाउनका लागि न आकृतिको जन्मदिन थियो, न त कुनै स्पेशल इेभन्ट नै । बरु कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको करिब तीन महिना लामो लकडाउनका कारण सिर्जित असहज परिस्थितिलाई मध्येनजर गर्दै एक छाक मिठो खाना खुवाउने मनशाय लिएर उनी त्यहाँ पुगेकी हुन् ।

आकृतिले भनिन्, ‘आमाबुबाहरुलाई खाना खुवाउनका लागि जन्मदिन वा कुनै इभेन्ट नै हुुनुपर्छ भन्ने छैन । लकडाउनका कारण अहिलेको अवस्थामा सबैलाई सारो-गाह्रो परेको छ । यस्तो अवस्थामा एक छाक भएपनि बृद्धबृद्धा आमाबुबासँग खाना खाउँ भनेर यहाँ आएकी हुँ ।’ आश्रममा आश्रित ३७ जना बृद्धबृद्धा आमाबुबाहरुलाई खाना खुवाएपछि आृकतिले थपिन्, ‘यो काम मैले चर्चामा आउनका लागि पनि गरेकी होइन । शिर्फ सच्चा मनले आएकी हुँ ।’ खाना खाइसकेर आकृति त्यहाँबाट छुटिँदा बृद्ध आमाबुबाहरुले न्यास्रो माने । अनि आकृतिले भनिन्, ‘फेरि पनि मौका मिलाएर भेट्न आउँछु नि ।’
आकृतिको मन जति सुन्दर छ, उति नै बाहिरी रुपमा पनि सुन्दर छिन् । ‘म रेस्लिङ खेल्छु’ भन्दा हो र ? भनेर प्रश्न गर्नेहरु प्रसस्त उनी भेट्छिन् । कतिपयले उनलाई ‘मोडलिङ गर’ भनेर समेत सल्लाह दिन्छन् । तर, आकृतिलाई मोडलिङ भन्दा रेस्लिङमा रुचि राख्छिन् । उनी भन्छिन्, ‘रेस्लिङ पनि मेरो रुचि हो । पेसा होइन ।’ उनले अगाडि थपिन्, ‘राम्रै प्रोजेक्टमा मोडलिङका लागि प्रस्ताव आयो भने नाइँँ भन्दिनँ, तर मोडलिङलाई पनि पेसाचाहिँ बनाउन चाहन्नँ ।’
उक्त आश्रमका विभिन्न स्थानबाट आएका ३७ जना बृद्धबृद्धाहरु आश्रित छन् । करिब १७ वर्षअघि यो आश्रम सरला पन्तले सञ्चालनमा ल्याएकी हुन् । उनका अनुसार हिमालय बृद्धाश्रम केन्द्रले असाहय, गरिब र परिवारबाट विचलित भएका बृद्धबृद्धाहरुलाई आश्रय दिने गरिएको छ । त्यहाँ अहिले जति पनि आमाबाबुहरु रहेका छन् । उनीहरु आश्रमको सेवाबाट खुसी छन् ।

तपाईको प्रतिक्रिया