चलचित्र क्षेत्र गसिपमा रमाउँछ । गसिप बजारमा रमाउने कला केही कलाकारसँग मात्र हुन्छ । चलचित्रमा काम होस् या नहोस्, नायिका प्रियंका कार्कीलाई चर्चामा आउने उपाय राम्रैसँग थाहा छ । आलोचनाले घेरिएपनि यी नायिका त्यसलाई सहजै ग्रहण गरिदिन्छिन् । यसैले त उनलाई आलोचनाले फरक पार्न छाडिसकेको छ ।
बिहे लगतै लक डाउन भएका कारण नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज घरमै छन् । भैसेपाटीको घरमा रहेका उनीहरुले युटुब च्यानलमा खानाका विभिन्न परिकार पकाउन सिकाइरहेका छन् ।
उनै, प्रियंकाले आयुष्मानसँगको एक तस्वीर पोष्ट गर्दै जीम भन्द भएपनि समस्या छैन भनेर लेखेकी छिन् ।
आयुष्मान र प्रियंका फिटनेशमा खुबै ख्याल गर्छन् । यसैले पनि जीम बन्द हुँदा धेरै कलाकारलाई समस्या परिरहेको छ । तर, प्रियंकालाई भने कुनै फरक नपरेको देखियो ।










