काठमाडौं – मोडल दुर्गेश थापा र अभिनेत्री एलिजा गौतमको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक अमृत सापकोटा, गायिका समिक्षा अधिकारी र आयुषा गौतमको सुमधुर स्वर रहेको आधी कपाल’ बोलको गीतको भिडियो आइतबार युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । यस गीतको भिडियो युट्युबमा सार्वजनिक भए लगत्तै निकै रुचाइएको छ । यो समाचार तयार पार्दा सम्म यस भिडियोलाई १ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

भिडियोमा दुर्गेश र एलिजासगै यिका आयुषा गौतम र एलिजाकी छोरी एरिका गौतमको पनि अभिनय रहेको छ । गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन र शिब बिकले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया