लोकप्रिय संगीतकार अर्जुन पोखरेल तथा गायिका दुर्गा खरेलले केहि दिन अगाडी काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा वैवाहिक समारोह सम्पन्न गरे । थोरै जनमानसमा उनीहरुले विवाह सम्पन्न गरेका उनीहरुलाई विवाहका दिन देखि अहिलेसम्म बधाई आइरहेको छ । बधाई आइरहेको अवस्थामा यि जोडीले एउटै स्टाटस लेखेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

उनीहरुले स्टाटसमा आफुहरुले चाहेर पनि कसैलाई बोलाउन नपाएकोमा दुख्ख व्यक्त गरेका छन् । चाहेर पनि कसैलाई बोलाउन नपाएको भन्दै विवाहको शुभकामना दिने सबैलाई धन्यबाद दिएका छन् । उनीहरुले एउटै स्टाटसमा भनेका छन् , ‘समय परिस्थितिको कारणले हामीले मनैदेखि चाहेर पनि देश तथा बिदेशमा रहनुभएका धेरै आफन्तहरु, आदरणीय अग्रज कलाकर्मीहरु, समकालिन मित्रहरु तथा प्रिय अनुजहरु लगायत हामीलाई सधैं साथ दिँदै आउनु भएका सञ्चारकर्मी ज्युहरुलाई यो हाम्रो शुभकार्यमा निमन्त्रणा गर्न सकेनौँ ।

कोरोनाको महामारीको समयमा सुरक्षित र संमित हुँदै हामी दुईले एक भएर जीवनको यात्रा गर्ने निधो गरेका छौँ । यो समयमा हजुरहरुले विभिन्न माध्यमहरुबाट हामीलाई दिनुभएको शुभेक्क्ष, शुभ आशीर्वादको लागि धेरै धेरै धन्यवाद दिन चाहान्छौँ । साथै आभार प्रकट गर्दछौँ ।’

तपाईको प्रतिक्रिया