काठमाडौं । कोरोना महामारीका कारण देशभरी लकडाउन भएर खेल क्षेत्र ठप्प भएपछि खेलाडीहरू बेरोजगार बनेका छन् ।

मैदान र खुला वातावरणमा रमाउने खलाडी घरमै समय व्यतित गर्नु परेपछि आजित भएर नाटक बनाउन तिर लागेका छन्। नेपाल फुटबल एजेन्टको सहयोगमा खेलाडी र प्रशिक्षक मिलेर व्यंग्यसहितको नाटक बनाउने भएका हुन्।

नाटकको नाम ‘अफ साइड’ राखिएको छ। कुलेश्वरको गणेश मन्दिरमा विहान नाटक सुटिङको उद्घाटन गरिएको छ।

नाटकमा दाउफिन्स क्लबका प्रशिक्षक आशिक थापा, न्युरोड टिमका खेलाडी डिकेस खड्का र सकल रेग्मी, सशस्त्र प्रहरीका राजु नगरकोटी, मनाङ मर्याङ्दीका कमल श्रेष्ठ, संकटा क्लबका रवी सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्ट सगुन ठकुरी रहेका छन्।

नाटकमा उनीहरुलाई मान श्री थिएटरकी कलाकार अनुजाले सहयोग गर्ने भएकी छिन्। सोमबार विहानबाट सुटिङ सुरु गरिएको नाटक करिब १५ दिनमा सबै काम सकेर युट्युबमा प्रसारण गर्ने आयोजक नेपाल फुटबल एजेन्टले जनाएको छ। यसमा थप एपिसोडहरु पनि ल्याउने आयोजकको लक्ष्य छ।

तपाईको प्रतिक्रिया