२२ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता र युवा पत्रकारिता पुरस्कार प्रदान गरेकाे छ । साेमबार मन्त्रालयमा गरिएको कार्यक्रममा खेलकुदतर्फ ४ र युवातर्फ ६ पत्रकारलाई सम्मान गरेकाे हाे । खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुनेमा ध्रुब तुलाधर, राेशन राउत, केशव पाठक र लक्ष्मी कार्की रहेका छन् ।

यस्तै युवा पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुनेमा खगेन्द्र अधिकारी, गीता चिमोरिया, गंगा खड्का, निरक न्याैपाने, रत्नाकुमारी चाैधरी र सुस्मा बराली छन् सबैले ५०-५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया