विराटनगर ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बैठक पर्सी फेरी बस्दैछ । जसमा आइसीसीले अष्ट्रेलियामा हुने भनिएको टी २० विश्वकप औपचारिक रुपमा स्थगित गर्ने निर्णय गर्न सक्ने बताइएको छ ।

अष्ट्रेलियन पत्रिका डेलिटेलिग्राफका अनुसार आइसीसीको बैठकमा विश्वकप स्थगित गर्ने निर्णय गर्न सक्ने बताइएको छ । पर्सी हुने बैठकले टी २० विश्वकपको नयाँ मिति भने नतोक्ने बताइएको छ ।

आयोजकले यो विश्वकप २०२१ मा गर्न चाहिरहेको छ, तर त्यो बेला भारतले विश्वकपको आयोजना गर्दैछ । यदि यो बर्ष नभएमा अष्ट्रेलियाले अरु दुई बर्ष कुर्नुपर्ने भएको छ । रिपोर्टका अनुसार अष्ट्रेलियाले सेप्टेम्बरमा इंग्ल्याण्डको भ्रमण गर्न सक्नेछ ।

जहाँ एकदिवसिय सिरीज खेल्ने योजना रहेको छ । यदि विश्वकप स्थगित भएमा भारतलाई आइपीएल गर्न निकै सहज हुनेछ । पछिल्लो केहि समयदेखि टी २० विश्वकप स्थगित भएर आइपीएल हुने ठुलो चर्चा छ । जसको पाकिस्तानी क्रिकेटरले विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया