काठमाडौं । गएराति स्पेनीस लिग अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले इस्पानोयललाई १–० गोलले पराजित गरेको हो ।

उक्त खेलमा बार्सिलोनालाई जित दिलाउन लुईस सुवारेजले निर्णायक गोल गरे । उनले खेलको ५६औं मिनेटमा गोल गरेका हुन् । उनको गोलले नै बार्सिलोनाले जित हासिल गर्यो । जितसँगै बार्सिलोनाको ३५ खेलबाट ७६ अंक भएको छ। भने एक खेल कम खेलेको रियलको ७७ अंक रहेको छ।

तपाईको प्रतिक्रिया