- – राजन घिमिरे

तिम्ले पराई ठानेपछि पराई हुन…, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ… लगायत दर्जनौँ नेपाली सुगम गीतका सफल सङ्गीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । सन्तोषको संगीतमा दर्जनौँ एल्बमहरू बजारमा आइसकेका छन् ।

अन्तर्राष्ट्रिय बाह्र भाषामा सङ्गीत भर्न सफल भएका कारण चर्चित संगीतकार सन्तोषको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको हो । गिनिज वर्ल्ड रेकर्डले श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारका रूपमा प्रमाणपत्र प्रदान गरेको छ ।

डा. डिआर उपाध्यायको शब्द र सन्तोषको संगीतमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १४ भाषामा गीत रेकर्डिङ गरिएको थियो । विगत २० वर्षदेखि नेपाली गीत-संगीत क्षेत्रमा सक्रिय सन्तोष यो सफलताले आगामी दिनमा झनै संगीत कर्ममा डटेर लाग्ने प्रोत्साहन मिलेको बताउँछन् ।

तपाईको प्रतिक्रिया