लगानीकर्ता संघहरुले नेपाल धितोपत्र बोर्डलाई शेयर बजार संचालन गर्ने आग्रह गरेका छन् । लगानीकर्ताले घर मै बसेर अनलाईन कारोबार गर्ने सक्ने अवस्था बनेकोले तत्काल बजार संचालन गर्न ६ वटै लगानीकर्ता संघले आग्रह गरेका हुन् ।

बोर्डले भने लगानीकर्ता संघहरुलाई अब बजार बन्द नगर्ने प्रतिबद्दतापत्रमा पनि हस्ताक्षर गराएको छ । लगानीकर्ता संघहरुले हस्ताक्षर गरेको प्रतिबद्दता पत्रमा भनिएको छ ‘ अब उप्रान्त कुनै पनि बहानामा धितोपत्रको दोस्रो कारोबार बन्द नगर्ने ब्यबस्था मिलाउन सबै लगानीकर्ताहरुले प्रतिबद्दता जाहेर गर्दै बोर्डले यस अवधिमा भए गरेका प्रगतिहरुलाई जानकारी गराउदै सकेसम्म चाडो दोस्रो बजार खुला गर्न समेत अनुरोध गर्ने निर्णय भयो’ ।संघहरुले लगानीकर्ताहरुलाई घर मै बसेर कारोबार गर्न आग्रह गर्ने निर्णय समेत गरेका छन् ।

तर अझै पनि बजार कहिलेबाट खुल्छ भन्नेमा अन्योल नै छ । बोर्डले बजार संचालनबारे अध्ययन गरी प्रतिवेदन पेश गर्नको लागि कमिटि गठन गरेको थियो । तर त्यो कमिटिले यो समाचार तयार पार्दासम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन ।

बोर्डका प्रबक्ता निरज गिरी अब बजार खुलेपछि बन्द हुने अवस्था नआउने गरी बजार सुचारु गरिने बताउछन् । कमिटिले दिएको प्रतिवेदन बोर्डको संचालक समितिमा पेश गरिने र संचालक समितिको निर्णय अनुसार बजार सुचारु गरिने उनले बताए । उनले भने ‘ बजार खुलेपछि बन्द हुनु हुदैन, लगानीकर्ताले प्रतिबद्दता जनाएका छन्, अझै पनि केहि समस्या रहे हामीले पेश गर्ने भनेका छौ’।

लगानीकर्ताहरुले पनि बोर्डलाई बज्र खोल्नु अगाडी तत्काल गरिनु कामको सुची र पहिलेदेखि नै उठाउदै आएका केहि मागहरु पेश गरेका छन् ।

कमिटिले प्रतिवेदन बुझाउने, बोर्ड बैठक बस्ने , र निर्णय गर्नु पर्ने भएकोले आइतबार बजार संचालन हुने अवस्था देखिदैन । यद्यपि बोर्डले आगामी साता बाट नै बजार सुचारु गर्ने तयारी गरेको छ।

यो पनि :

तपाईको प्रतिक्रिया