काठमाडौँ – गीतकार तथा गायक साजन परियारको नयाँ गित “कति घुँडाहरु” को म्युजिक भिडियो सार्बजनिक भएको छ। लोकप्रिय गायक प्रताप दाश र गायिका सुष्मा बिश्वकर्माको सुमधुर स्वरमा कोभिड-१९ को महामारीमा सम्पूर्ण विश्वको लागि प्रार्थना गर्दै मार्मिक गित भर्खरै सार्बजनिक भएको हो।
साजन परियारको शब्द तथा सुबाश भुषालको शब्द रहेको म्युजिक भिडियोलाइ छायाँकार सुर्य लामा र फराज अर्पणले छयांकन गरेका छन् भने फराज अर्पणले नै निर्देशन तथा सम्पादन गरेका छन, भिडियोलाई निर्माता राजु सुन्दाशले निर्माण गरेका हुन् । गीतकार साजन परियार आफैमा एक कुशल गायक समेत हुन् । भिडियो हेर्नुहोस :