काठमाडौं । लोक तथा दोहोरी गायिकाहरु दिलु सलामी मगर, ज्ञानु राना मगर र दिलसरा काउचा मगरको नयाँ मौलिक तीज गीत ‘तीजको लहर छायो बरीलै’ बजारमा आएको छ । तीनै जनाको संयुक्त स्वरमा आएको गीतले रिलिज भए संगै बिस्तारै दिदी बहिनीको मन छुदै गएको छ ।
‘तीजको लहर छायो बरीलै’ ‘ गीतको भिडियोमा खुशी बुढा मगर, बिमता बुढा मगर, लिजा मगर, देविका मगर, प्रिया मगर, निर्मला मगरको अभिनय छ । दिलु र ज्ञानले लेखेको तीज गीतमा दिलसराले संगीत भरेकी हुन् ।
चुमान काउचा मगरले मगरले एरेन्ज गरेको गीतलाई रबिन मगरले मिक्सिंग गरेका हुन ।चुमान काउचा मगरले नै निर्देशन गरेको गीतको भिडियोमा उदीराम खड्काको कोरियोग्राफी छ । गीतको भिडियो बसन्त महर्जनले खिचेका हुन भने हुम गैरेले सम्पादन गरेका हुन ।
पुरानो तीज गीतको भाकालाई उत्थान गरेको तीज गीतमा माइतीघरका साथीसंगी तथा दिदीबहिनीको सम्झना व्यक्त गरिएका छन ।