प्रकृति प्रकोप संगै घरबार बिहिन भएका हजारौँ बिचल्लित परिवारको गाथा बोकेर लोकप्रिय गायक तथा सर्जक बिमल डांगिले अत्यन्तै मार्मिक र समयसामयिक गित घर “बगायो बस्याछु धन्सारमा” भर्खरै मात्र उनको आफ्नै (बिमल डांगि) युटुब च्यानल मार्फत सार्बजनिक गरेका छन्। अमेरिका जस्तो ब्यस्त मुलुकमा बसेर पनि आफ्नो देश प्रतिको कर्तव्य र दायित्व प्रति कहिलै नचुकेका बिमलले सयौँ सर्बप्रिय गितहरु सिर्जना गरेर गायिसकेका छन्। घर छोड्यो भन्दैमा घर प्रति माया नहुने होईन आफ्नो जन्मस्थान डुल्दै खेल्दै हिडेका कटेरि , घास दाउरा गर्दै बिताएका बालापन चटक्कै माया मार्न पनि कहा सकिन्छ र? लाखौ पर्ने बिछ्याउनाले गुन्द्रिले जस्तो मिठो निन्द्रा कहा दिन्छ र?

प्रत्यक बर्ष अत्याधिक बर्षाले निम्त्याउने बाढि, पहिरो जस्ता प्राकृतिक प्रकोप बाट हजारौँ घर परिवार घरबार बिहिन हुनु परेको छ भने धेरैले आफ्नो ज्यान समेत गुमाउदै आएका छन ।यसै सन्दर्भलाई सब्द दिएर संगित भरेर हजारौंको बेदना गित मार्फत उजागर गर्ने प्रयास गरेका बिमलले मिठा सब्दहरुको गाठ बानेर मार्मिक संगितका किरणहरु मिसाएर एकल प्रस्तुतिमा उक्त गित सार्बजनिक गरेका हुन्। जस्मा चर्चित संयोजक बि. बि अनुरागिको उत्कृष्ट संगित संयोजन रहेको छ।प्रकोपका दृश्यले गितको भिडियोलाई झनै मार्मिक बनाएको छ। कसैको पिडा, कसैको दुख ब्यतित गरेर गित सिर्जना गर्न धेरै कठिन हुनेगर्छ र यस्ता गितहरुलाई युटुब बाट उठाएर लाखौ दर्सक समक्ष पुर्याउनु हाम्रो जिम्वेवारि पनि हो।

बाकि भिडियो बाटै हेर्नुहोस्:-

तपाईको प्रतिक्रिया