काठमाडौं ।
नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज पनि नजिकिदै छ । तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक हुदैछन यस्तैमा लोकगायक गायक लक्ष्मण चापागाईको अरु भन्दा फरक सन्देश, सामाजिक सुचना बोकेको तीजगीत ‘नाच घरैमा ’ सार्वजनिक भएको छ । विगतका वर्षहरुमा भब्य हर्ष र उल्लासका साथ जसरी तीज पर्व मनाइयो, यसपालीको तीजमा सामाजिक दुरी कायम गरेरै परिवारिक जमघटमा रमेर जिम्मेवारीपुर्वक मनाउँ , सुरक्षित रहौं, सजग रहौं भन्ने मूल सन्देश बोकेको तीज गीत ‘नाच घरैमा ’ लक्ष्मण चापागाईको शब्द र संगीत रहेको छ भने राजन इशानको संगीत संयोजन रहेको छ ।
बिजेश पौडेलको फरक कन्सेप्ट र निर्देशमा बनेको भिडियोमा सन्जीत श्रेष्ठको क्यामेरा र सन्तोष भुजेलको कोरियोग्राफी रहेको छ। नाच घरैमा ’ को भिडियोमा सोनिया, रोमिया,रन्जु र सुस्मिताको नृत्य रहेको छ । भिडियोलाई ”लाटोकोसेरो फिल्म्स ” बजारमा ल्याएको हो ।