सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज शनिवार मध्यरातबाट लागु हुने गरी मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ बढाएको हो । यस सँगै पेट्रोलको मूल्य प्रति लिटर १०४ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ९० कायम भएको छ । हवाई इन्धन र खान पकाउने ग्यासको मूल्य भने यथावत नै छ ।

मूल्य वृद्धि गर्दा पनि निगमलाई पेट्रोलमा प्रति १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा घाटा हुने निगनलेजनाएको छ । यद्यपि निगमले मूल्य वृद्धिपछि पेट्रोलियम पदार्थको मूल्य सिमावर्ती रक्सौलभन्दा नेपाल मै सस्तो भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया