काठमाडौं : संगीतिक क्षेत्रमा सक्रिय भएर लागिरहनु भएका गायक तथा संगीतकार उत्तम राईको नयाँ गीतको भिडियो “पानी मीठो धाराको” सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायिका रचना रिमालले साथ दिएकी छन् ।

मिरा देवी राईको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन् । गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा नरेश बिबिसीले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

आफ्नै अफिसियल युट्युब च्यानल “उत्तम राई अफिसियल” मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम् गायक अनि गायिकाको अभिनय देख्न सकिन्छ ।

यस गीतको भिडियो निर्देशन एवं सम्पादन प्रविन भट्टले गर्नु भएको हो भने छायांकन अनिल के मानन्धरले गरेका हुन् ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया